काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । मृतकमध्ये १६ पुरुष र ३ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एकजनाको मृत्यु पुष्टि गरेको हो । मृतक गुल्मीका ३६ वर्षीय पुरुष हुन् । उनी रेसुङ्गा नगरपालिकाको आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको थियो । भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको थियो । उउनी क्यान्सरका रोगी थिए ।
यसअघि ३१ जेठमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो । मृतक एकजना बारा निजगढका ५ वर्षीय बालक हुन् भने अर्का बेवारिस रुपमा फेला परेका २५ वर्षीय पुरुष हुन् ।