;fdflhs ;r]tgfdf 6«flkms sf7df8f}F, #@ h]7 M ;fdflhs ;r]tgfd”ns ;Gb]z n]lvPsf] Kn]sf8{;lxt sf7df8f}Fsf ;8sdf plePsf 6«flkms k|x/L . cfhb]lv 6«flkms k|x/Ln] ;j{;fwf/0fnfO{ ;r]t u/fpg 7fpF7fpFdf o;/L Kn]sf8{ k|bz{g ug{ yfn]sf] 5 . t:jL/ M gf/fo0f 9’ªufgf, /f;;

काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए । सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे । लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी किन प्रदर्शनमा उत्रिएका होलान् ? झट्ट देख्ने जो कोहीले यस्तै सोच्न सक्छन् ।

पछिल्ला दिनमा राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा विभिन्न माग राखी प्रदर्शन भइरहेको छ । कोरोनाको सङ्क्रमण घट्नुको साटो बढिरहेको छ । यद्यपि सरकारले सोमबारदेखि लकडाउनलाई बिस्तारै खुकुलो बनाउने भएको छ ।

सरकारी तथा गैरसरकारी कार्यालयसमेत दुई सत्रमा सञ्चालनमा ल्याउने भएको छ । लकडाउन फरक रुपमा अगाडि बढाउने तयारी भइरहेको बेला चोकचोकमा सुरक्षाकर्मी किन प्लेकार्ड लिएर उभिएका होलान् ? आम मानिसको जिज्ञासा हुन सक्छ । लामो समय घरबाट बाहिर ननिस्केका नागरिक कामका सिलसिलामा बाहिर निस्कँदा देखिने यस्तो दृश्यले ध्यान तान्न सक्छ ।

चोकचोकमा सवारी व्यवस्थापनका लागि उभिएका ट्राफिक प्रहरीले देखाएको प्लेकार्डमा लेखिएको छ–‘अनिवार्य रुपमा मास्क प्रयोग गराँै । सामाजिक दूरी कायम गरौँ ।” सधैँ सडकमा उभिएर सवारी नियम पालना गराउन उभिने ट्राफिक प्रहरी आज फरक उद्देश्यका साथ सडकमा परिचालित भएका छन् । उनीहरु सवारी रोकेर चालकको जाँच मात्रै गर्दै थिएनन् सवारी चालक तथा पैदलयात्रुलाई कोरोनासँग लड्न सहयोगसमेत पु¥याइरहेका छन् ।

उनीहरु नागरिकलाई सचेततासँगै कोरोनासँग लड्ने सीपसमेत प्रदान गरिरहेका छन् । कोरोनाबाट लड्नका लागि मास्क अनिवार्य रुपमा प्रयोग गर्न, कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम राख्न, अनावश्यक भीडभाड नगर्न सरकारले आग्रह गर्दै आएको छ । सोही आग्रहअनुसार नै ट्राफिक प्रहरीले सडकमा उभिएर सामाजिक सचेतनाका नारा देखाएका छन् । आम मानिसले सोचेजस्तै गरी ट्राफिक प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै विशेष अभियान सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त विशेष अभियान सञ्चालन गरेको हो । महाशाखालगायत मातहतका ३४ ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी परिचालन गरी कोरोनाबाट बच्न आम समुदायलाई सचेतनाका लागि प्लेकार्ड प्रदर्शनसहित विशेष अभियान थालेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार कोरोना भाइरसबाट सडक प्रयोगकर्तामा हुने जोखिमप्रति विशेष ध्यानाकर्षण गराउन अभियान थालिएको हो ।

उपत्यकाका मुख्यमुख्य चोक एवम् भीडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारीसाधनमा हुने भीडभाड कम गराउन प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाएको ढकालले जानकारी दिनुभयो । प्लेकार्डमा ‘सधैँ मास्क लगाएर यात्रा गरौँ’, ‘जोरबिजोर नियम पालना गरौँ’, ‘सवारीसाधनमा सामाजिक दूरी कायम गरौँैँ’, ‘जथाभावी हिँड्डुल नगरौँैँ’ र ‘ट्राफिक नियमको पालना गरौँैँ’ जस्ता कुराहरू लेखिएको छ ।

जुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना विरुद्धको लडाइँमा तयार पारेको सचेतनामूलक नारा जस्तै रहेको छ । सो अभियानमा महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट काठमाडौँ उपत्यकाको ८२ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । अभियानको महत्वका बारेमा थप प्रकाश पार्दै ढकालले भन्नुभयो, “टोलीले सधैँ मास्क लगाएर यात्रा गर्न, जोरबिजोर नियम पालना गर्न, सामाजिक दूरी कायम गर्न, जथाभावी हिँड्डुल नगर्न, भीडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन् ।”

आजदेखि दैनिक बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म सचेतनामूलक कार्यक्रम जारी रहनेछ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन नागरिकलाई सावधानी गराउनका लागि सो अभियान थालिएको बताउनुभयो । त्यसरी परिचालित प्रहरीमध्ये केहीले पिपिई लगाएका छन् ।

पिपिई लगाएका प्रहरीले सवारीको जाँच गर्नेछन् । यस्तै मास्क, पञ्जा चस्मा लगाएका ट्राफिक प्रहरी भने आफ्नै नियमित पोसाकमा नै खटिएका छन् । यसअघि पनि ट्राफिक प्रहरीले कहिले विद्यार्थी त कहिले सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी गराएर ट्राफिक सचेतना कार्यक्रम चलाएको थियो । अभियानले एक त सर्वसाधारणमा चेतना वृद्धि हुने र ट्राफिकले खेल्नै भूमिका र उनीहरुको समस्याका बारेमा बुझ्ने हुँदा स्वयं पनि परिवर्तन हुने विश्वासका साथ अभियान चलाउने गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीको उक्त अभियानलाई सवारी चालक तथा पैदलयात्रुले समेत सराहना गरेका छन् । शान्ति सुरक्षा एवम् सवारीसाधनको व्यवस्थापनसँगै सचेतनाका लागि परिचालित भएकामा सरोकार भएकाले धन्यवादसमेत दिएका छन् ।

२०७७ जेष्ठ ३२, आईतवार २१:४७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय