काठमाडौं : समाजवादी पार्टी, नेपालले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरि कारबाही गर्ने तयारी गरेको छ ।
पार्टीका शीर्ष नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव काम विशेषले काठमाडौं बाहिर भएकोले उनीहरु काठमाडौं आउनेबित्तिकै पार्टीको संसदीय दलको बैठक बसेर गिरीलाई कारबाही गर्ने तयारी भएको स्रोतको दाबी छ ।
सांसद गिरीले पार्टीको निर्देशन र ह्विप नमानेकोले उनलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीले कारबाही गर्न लागेको छ ।