अर्घाखाँची : जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टाइनमा बुधबार विहान आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ वर्षीय देबबहादुर विकले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेपछि उनको रिपोट नआएका कारण दिनभर शव व्यवस्थापनमा समस्या भएको थियो ।

गत जेठ २४ गते आरडीटी परीक्षणमा पोजेटिभ आएपछि जेठ २५ गते पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना संकलन गरिएपनि परिक्षणको रिपोर्ट आउन सकेको थिएन । मृतकको शव नेपाली सेनाको सहयोगमा सोहि वडाका जंगलमा लगेर व्यवस्थापन गरिसकेको छ ।

२०७७ असार ४, बिहीबार ०६:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय