काठमाडौं : विश्वका विभिन्न देशमा गरेर कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ । अहिलेसम्म दुई सय १३ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा कोरोना संक्रमण हुनेको संख्या ८५ लाख नाघेको वल्डओमिटरले जनाएको छ ।

जसमध्ये यो खबर तयार पार्दासम्म ४४ लाख ५० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ३५ लाख ९६ हजार २ सय ३ जना मध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ५ सय ९ जनाको अवस्था जटिल रहेको र बाँकी ९८ प्रतिशत अर्थात ३५ लाख ४१ हजार ६ सय ९४ जनाको अवस्था सामान्य रहेको पनि वल्डओमिटरले जनाएको छ ।

४ लाख ५२ हजार ८ सय ५३ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ । बिहिबार मात्रै विश्वभर ७१ हजार ४ सय ६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् भने २ हजार ४ सय १ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ११ हजार ९७ जना बिरामी थपिएर संक्रमितको संख्या २२ लाख ४५ हजार ५ सय ६८ पुगेको छ । १ लाख २० हजार १ सय ६० जनाको भने ज्यान गएको छ ।

यस्तै ब्राजिलमा संक्रमितको संख्या ९ लाख ६५ हजार ५ सय १२ जना, रुसमा ५ लाख ६१ हजार ९१ जनामा संक्रमण पुष्टि भएको छ । ३ लाख ७२ हजार ७ सय ६७ जनामा कोरोना पुष्टि भएको भारत संक्रमित धेरै भएको देशको सूचीमा चौथो नम्बरमा छ । भारतमा बिहीबार मात्रै १ सय २७ जनाको ज्यान गएको छ । त्यहाँ अहिलेसम्म १२ हजार ३ सय ८९ जनाको ज्यान गएको छ।

२०७७ असार ५, शुक्रबार ०७:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय