गुल्मी : गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका पुरुषको ‘पीसीआर रिपोर्ट पोजिटिभ’ आएको छ ।
असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
मृतक पुरुष प्यारालाइसिसको बिरामी थिए । उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए । नेपाली सेनाले मृतकको शव शुक्रबार नै व्यवस्थापन गरेको थियो ।
योसँगै गुल्मीमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारमात्रै गुल्मीमा थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा संक्रमितको संख्या १६९ पुगेको छ ।