एजेन्सी : उल्का पिण्ड जस्तै प्रकारको वस्तु राजस्थान झलोर जिल्लाको सन्चोर शहरमा आकाशबाट खसेको छ । शुक्रबार विहान सन्चोर शहरमा उक्त वस्तु आकाशबाट खसेको हो । वस्तुको तौल करिब २.८ ग्राम रहेको छ ।

वस्तु जमिनबाट एक फिट मुनी रहेकोे अवस्थामा फेला परेको छ । शुक्रबार ७ बजे वस्तु आकाशबाट खस्ने क्रममा विस्फोटक आवाज आएको स्थानियहरुले बताएका छन् । आवजको ध्वनी दूई किलोमिटर सम्म सुनिएको जानकारी स्थानियले गराएको छ ।

स्थानीयबासीले घटनापछि सम्बन्धीत निकायलाई सम्र्पक गरेका थिए । वस्तुलाई सरोकारवालाले नियन्त्रणमा लिई अनुसन्धान गर्न थालेको जनाइएको छ ।

२०७७ असार ७, आईतवार २२:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय