File Photo

चितवन : चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।

कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा गएराति १ बजेतिर कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको मोटरसाइकल कल्भर्टबाट खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाइएको थियो । उनको उपचारको क्रममा सोमबार विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७७ असार ८, सोमबार १४:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय