नेपालवाणी समाचारदाता

जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिका ४ स्थित रामजानकी नुनिया कुटीमा स्थित आफ्नो व्यक्तिगत जग्गा हडप्न खोजेको जग्गा धनी प्रेमबाबु साहले दाबी गरेको छ । आइतवार प्रेमबाबु साहले भोगचलनका लागि आफ्नो संरचना निर्माण गर्न मन्दिरले बनाएको संरचना तोडफोड गर्दा महावीर युवा कमिटी र केही स्थानीयले विरोध गर्दा विवाद भएको थियो ।

विवाद पश्चात सोमवार प्रेमबाबु साहले एक पत्रकार सम्मेलन आयोजना गरी मन्दिरको संचरना भन्दा बाहिर रहेको१ कट्ठा ११ धुर जग्गा आफ्नो रहेको र उक्त जग्गा आफूले जग्गाधनी किशोरी देवी पौडेलको छोरा सन्तकुमार पौडेलबाट किनेको दाबी गरे । उनले एक करोड १ लाख ११ रुपैयाँमा १ कठ्ठा ११ धुर जग्गा २०७५ साल वैशाख २६ गतेका दिन किनेको दाबी सहितको प्रमाण पत्र देखाउँदै भने, ‘मसंग सम्पुणर् प्रमाणहरु छ, तर पनि केही गुण्डाहरु मलाई मेरो जग्गा उपभोगबाट रोकिरहेको छ ।’

जग्गाको वारेसनामा प्रेमबाबु साहको नाममा गरेको देखाउंदै उनले जग्गामा नोनियार कुट्टीले बलजफ्ती घर र पर्खाल निर्माण गरेर कब्जा गर्न खोजेपछि आफूले उक्त संचरना भत्काई आफ्नो संरचना निर्माण गर्न लागेको बताए । उनले भने, ‘नोनियार कुट्टीकै जग्गा हो भन्ने प्रमाण न त नोनियार कुट्टी सँग छ, तर विरोध गर्ने महावीर युवा कमिटीका केही मानिस आफुमाथि लागिपरेको छ ।’

उच्च अदालत र सर्वोच्च अदालतले जनकपुर शहरी क्षेत्र नापी क्याम्प र नापी शाखाको कागजातको आधारमा किशोरी देवी पौडेलको पक्षमा फैसला गरेको कागजी आधारहरु देखिन्छ । सोही फैसलाको आधारमा किशोरी देवीको छोरा सन्तकुमार पौडेलले प्रेमबाबु साहसँग जग्गा विक्री गरेको प्रमाणहरु छ ।

पत्रकार सम्मेलनमा प्रेमबाबु साहले उपलब्ध गराएको कागजातको आधारमा नापी क्याम्पले २०४५ माघ २५ गतेको मितिमा सिट नं. १३९५—०९ को कि.नं. १२ (ग) को ०—३—१६ मध्ये दक्षिणतर्फ रामजानकी सोडा नोनियार कुट्टीको नाममा ०—२—५ र उत्तरतर्फ किशोरी देवीको नाममा ०—१—११ क्षेत्रफलको जग्गा छुटयाएको छ भने २०४७ असार २४ गतेको मितिमा नापी शाखाले गुठी संस्थान अन्तर्गत रहेको ०—३—१६ मध्ये ०—१—११ किशोरी देवीको नाममा कायम गर्न भनेको छ ।

साहले भने कागजी आधारमा किशोरी देवीको नाममा रहेको जग्गा मैले किनेको हुँदा सो जग्गामा आफूले भोगचलन गर्न खोज्दा महावीर युवा कमिटी र नोनियार कुट्टीमा अधिपत्य जमाएका केही व्यक्तिले आफ्ना निजी स्वार्थ पुरा गर्न विरोध गर्दै आएको बताए । सोही जग्गा श्याम सुन्दर सर्राफ भनिने व्यक्तिले समेत कब्जा गर्न दुष्प्रयास गरेको उनको भनाई छ ।

२०७७ असार ९, मंगलवार २१:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय