काठमाण्डौ : कोरोना महामारीका समयमा अदालतले दिएका विभिन्न ७ वटा अन्तरिम आदेशको पालना सरकारले नगरेपछि सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफ दिन आदेश दिएको छ ।

सर्वोच्चले दिएको अन्तरिम आदेश कार्यान्वयनका बारेमा जवाफ दिन प्रधानमन्त्रीलाई यस्तो आदेश दिएको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशको पालना कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दियएको हो वा होइन भन्ने विषयमा आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिन प्रधानमन्त्रीलाई आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सरकारले कोरोना महामारीका समयमा अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्धा दायर गरेका थिए ।

शर्माले दायर गरेको मुद्धाको सुनुवाई गर्दै सर्वोच्चले निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक १५ (प्रन्ध) दिनभित्र अदालतमा आफै उपस्थित भई वा आफ्नो कानूनी प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

२०७७ असार १०, बुधबार २०:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय