पाल्पा :  पाल्पामा थप ९३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।चितवनको भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका थप ९३ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुनामध्ये बुधबार गरिएको परीक्षणमा ९३ जनामा पाेजेटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाकाे स्वावकाे नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परिक्षण गरिएको थियाे ।

२०७७ असार ११, बिहीबार १०:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय