काठमाडौं  : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे

चितवन घर भई ललिपुरको महालक्ष्मीस्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

२०७७ असार ११, बिहीबार १५:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय