काठमाडौं : नेपालको जनसंख्या तीन करोड भन्न थालिएको धेरै वर्ष भइसक्यो । तर आज बल्ल नेपालको जनसंख्या तीन करोड पुगेको छ । केन्द्रिय तथ्यांक विभागले विशेष क्याल्कुटेरका माध्यमबाट गरेको हिसाव अनुसार नेपालको जनसंख्या शुक्रबार ३ करोड पुगेको हो ।

जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गरेर निकालिएको विवरण अनुसार शुक्रबार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो । २०६८ सालमा गरिएको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो ।

तथ्यांक विभागका अनुसार नेपामा हरेक दिन १ हजारदेखि ११ सय जनसंख्या थपिने गरेको छ । यहि आधार र अहिलेको अवस्थाको विश्लेषण गर्दै तथ्यांक विभागले हरेक दिनको जनसंख्या निकाल्ने गरेको विभागका निर्दशक ढुण्डिराज लामिछानेले जानकारी दिए ।

तथ्यांक विभागले २०७८ सालमा गरिने जनगणनाको तयारी पनि सुरु गरेको छ । अबको ३ सय ४७ दिनपछि नेपालको जनसंख्या ठ्यक्कै कतिपुगेको छ भनेर विभागले सार्वजनिक गर्ने जानकारी दिएको छ । त्यसका लागि विभिन्न तहका व्यक्ति, समुहसँग छलफल गर्ने, प्रश्न तयार पार्नेलगायतको काम भैराखेको निर्देशक लामिछानेले बताए ।

यसपटकको जनगणनामा वडासम्म प्रत्येक घरमा सबै प्रश्न सोध्ने, बैंकमा पहुँचको अवस्था बुझ्ने, समयमै जन्दर्ता भएको छ की भन्ने विवरण लिने काम गरिने छ । यसबाहेक नेपालमा पहिलो पटक देशभर कतिवटा भवन छन्, आवासिय, औधोगिक, व्यापारिक त्यसको विवरण समेत सार्वजनिक गरिने भएको छ ।

२०७८ को जनगणनामा समेटिने जन्म, मृत्यु, बसाई सराई, रोजगारी, शिक्षा, वैवाहिक अवस्था, यौनिक तथा अप्पसंख्यकको संख्यासहित, विदेशमा बसेकाहरुको विवरण, परिवारको संख्या, घरसंख्या लगायतका तथ्यांक संकलन गर्न ५२ हजार भन्दा बढि कर्मचारी खटिने भएका छन् ।

जसमध्ये ४३ हजार त गणक मात्रै हुनेछन् भने ९ हजार सुपरिवेक्षक हुने विभागले जनाएको छ । यस पटकको जनगणना सम्पन्न गर्नका लागि ४ अर्ब बजेट खर्च हुने विभागको अनुमान छ । जसमध्ये ३ अर्ब आगामी एक वर्षमा सकिने भएको छ ।

२०७७ असार १२, शुक्रबार २१:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय