एजेन्सी : तान्जेनियामा एक व्यासायि दूई वटा ट्यान्जेनाइट पत्थर बेचेर एक रातमै करोडपति भएका छन् । खानीको सानो व्यापार सञ्चालन गर्दै जीवनी चलाइरहेको सनिनु लाजर नाम गरेको व्यक्तिले दूई वटा ट्यान्जेनाइट पत्थर बेचेर एक रात मै कराडौँ कमाएका हुन् ।

दूई वटा पत्थरको तौल करिब १५ केजी रहेको जनाइएको छ । यस्ता प्रकारका पत्थर उत्तरी तान्जेनियामा मात्र उपलब्ध हुने गर्दछ । ट्यान्जेनाइटको प्रयोग गहना बनाउन हुने गर्दछ । उक्त पत्थर विरलै पृथ्वीमा पाइने गर्दछ । एउटै पत्थरमा विभिन्न प्रकारको रङ देखिने जनाइएको छ । तान्जेनिया कति धनि रहेको छ भन्ने विषय यस पत्थरको मूल्यले सावित गरेको छ । आफूले यस्ता प्रकारको डूङा पाउनु निकै भाग्यशाली रहेको बताएका छन् ।

उनको चार वटा पत्नी र ३० छोराहरु रहेको जनाइएको छ । उनीहरुले पत्थर बेचेको खुशीमा भोजको अव्हान गरेका छन् । उनले उक्त रकम आफ्नो समूदायको विकास निर्माणमा खर्च गर्ने जनाइएको छ ।-बीबीसीको सहयोगमा

२०७७ असार १३, शनिबार १३:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय