काठमाडौं : देशमा आज पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसा र साँझ देशको अधिकांश भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा बिगत २(३ दिन देखि मनसुनको अरेबियन शाखावाट बहने पश्चिमी र दक्षिण-पश्चिमी वायुको प्रभाव रहेको छ भने आजसम्म पनि दक्षिण-पश्चिमी वायुको प्रभाव रहने सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, सुदुरपश्चिम प्रदेश तथा प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

२०७७ असार १४, आईतवार ०६:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय