janakpur-weather-duban-barsha-rain-nepalvani-surendra-singh

जनकपुरधाम : शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् ।

नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ । एकीकृत सहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ । एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइए पनि ढल व्यवस्थापन नभएका कारण पानीको बहाव रोकिएर घरघरमा पानी पसेको छ ।

वर्षाको पानीले यातायात, वनलगायत कार्यालयको परिसरमा पानी जमेको छ भने जनकपुर–ढल्केवर निर्माणाधीन अवस्था रहेको ६ लेन सडकले गर्दा सडक हिलाम्य भएर यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ ।


२०७७ असार १४, आईतवार १४:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय