
काठमाडौं : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गुठी विद्येयक सरकारले पुनः ल्याउने तयारीमा रहेको जानकारी दिएकी छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन समितिले तयार गरेको मस्यौदा अध्ययन प्रतिवेदनमाथी समितिले आज गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले गुठी विद्येयक सरकारले पुनः ल्याउन लागेको जानकारी दिएकी हुन् ।
गुठीका जग्गाहरु राज्यले पनि नियन्त्रण गर्न नसकिरहेको भन्दै मन्त्री अर्यालले आफु मन्त्रालयमा आइसकेपछि संरक्षणका निम्ती लागिरहेको बताउनुभयो । गुठी संरक्षण गर्नका निम्ती नै सरकारले गुठी विधेयक ल्याइएको कुरा दोहोर्यांउदै त्यो अहिले फिर्ता गएपनि पुनः ल्याउने तयारीमा सरकार रहेको बताईन ।
गुठीमा राज्यले सिधै हस्तक्षेप गरेर प्रयोग गर्न पाउने खालको व्यवस्था पनि नभएको भन्दै मन्त्री अर्यालले गुठी फरक प्रकृतिको मौलिक विषय भएकाले यसलाई फरक ढङ्गले नै व्यवस्थित गर्नुपर्ने बताईन् ।
पुर्खाहरुले परोपरकारी भावनाका साथ गुठीमा जग्गा दान गरेको भन्दै पुर्खाले गरेको दान अहिले विभिन्न व्यक्तिहरुले खोस्ने, अतिक्रमण गर्ने, आफ्नो बनाउने काम भइरहेको दावी गरिन् । मन्त्री अर्यालले भनिन् जुन परोपकारी भावनाका साथ धार्मिक उद्देश्यले पुर्खाहरुले दान गरे, त्यसको संरक्षण गर्ने काममा लाग्नुपर्छ भनेर हामी लागिपरेका छौु, सरकारी, सार्वजनिक, गुठीको जग्गा संरक्षण गर्नका निम्ती मन्त्रालयले जाँचबुझ आयोग बनाएर अहिले काम भइरहेको छ ।
गुठीका जग्गासँग जोडिएका मोहिहरुको हक स्थापित गर्नुपर्ने भन्दै मन्त्री अर्यालले मर्कामा परेका किसानहरुलाई न्याय दिनुपर्ने ठूलो जिम्मेवारी रहेको, धर्म संस्कृतिको रक्षा गर्ने, गुठीको जग्गाको संरक्षण गर्ने र गुठीका जग्गासँग जोडिएका किसानहरुको हकलाई स्थापित गर्ने कुरालाई व्यवस्थित गर्ने कुरा छु, यी तिनवटै कुरालाई व्यवस्थित गर्ने कार्ययोजना सहित हामीले गुठी विधेयक ल्याएका थियौं तर त्यो फिर्ता ल्याउनुपर्यो ।
गुठी विधेयक रोकिएको यहाँहरुलाई थाहै छ । तर हामी पुनः ल्याउछौु, मन्त्री अर्यालले मन्त्रालय एकीकृत भूमि ऐन ल्याउन समिति बनाएर काम अगाडी बढाएको छ त्यसमा यो भूमि ऐन पनि समावेश छ । कार्यक्षेत्रलाई व्यवस्थित गर्नेगरी कानुनहरु नआउदासम्म यो समस्या रहिरहने मन्त्री अर्यालको भनाइ थियो । मन्त्री अर्यालले हाम्रो अधिकार क्षेत्र के हुन् भनेर प्रष्ट रुपमा कानुनी व्यवस्था गरिएन भने ठूलो लडाइ हुन्छ । सम्पत्ति छ, अरु स्रोतहरु छन्, पूजापाठ हुन्छ, भेटी चढाइन्छन् । यी कुराहरुले समस्या उत्पन्न भएका छन् ।
पर्यटन क्षेत्रले के गर्नेरु गुठीले के गर्ने भनेर क्षेत्राधिकार प्रष्ट रुपमा किटान गरेर जानुपर्ने मन्त्री अर्यालको भनाइ थियो । अन्तरविरोधी खालका कानुन भएका कारण बिबाद निम्त्याएको औाल्याउँदै मन्त्री अर्यालले जबसम्म दोहोरो स्वामित्व रहन्छ तबसम्म गुठीमा ठूलो समस्या भइरहन्छ । गुठीमा धेरै खालका भावना मिसिएको छ । अब हामीले ठ्याक्कै यसो गर भनेर पनि नहुने रहेछ । अहिलेको बिवाद भनेको स्वामित्व र स्रोत परिचालनसँगै जोडिएर भएको भन्दै स्रोत परिचालन कसले के गर्ने भनेर स्पष्ट हुनुपर्ने बताईन्।
मन्त्री अर्यालले आफू समस्याको चाङमा रहेको बताउँदै देशभर २ हजार बढी गुठी छन्, उपत्यकामा मात्र ५ सय गुठी छन्, सहकारीतर्फ ३५ हजार बढी सहकारी छन्, सरकारी, सार्वजनिक जग्गाको हालखबर रहेको जानकारी दिईन् । उनले भनिन्, मालपोत नापीको हालखबर पनि त्यस्तै छ, म त एकदमै समस्यै समस्याको चाङमा, बेथितीको भुंग्रोमा छु । कति सुधार्न सकिन्छ सुधार्न लागिपरेका छौ, समस्याले घेर्दै आएको भएपनि सुधार गर्नका निम्ती आत्मविश्वासका साथ लागिपरेको मन्त्री अर्यालको बताईन् ।