काठमाडौं : कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट एकै पटक साढे ५५ करोड रुपैयाँ खर्च गरेको छ । कोष सञ्चालन निर्देशिका अनुसार ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिस अनुसार महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको छ ।

यो रकम स्वाब संकलनका क्रममा विमान चार्टर्डमा लागेको भाडादेखि नेपाली सेनालाई छाउनी अस्पतालमा उपकरण खरिदसम्म खर्च हुने गरी निकासा दिइएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८८ लाख ५५ हजार रुपैयाँ निकासा भएको छ । यो रकम स्वाव संकलनमा उडेका विमानको भाडा भुक्तानी गर्न निकासा भएको हो ।

नेपाली सेना प्रधान कार्यालयका नाममा ९ करोड २६ लाख ८० हजार निकासा भएको छ । यो रकम वीरेन्द्र सैनिक अस्पताल छाउनीको आइसीयू तथा पूर्वाधार व्यवस्थापन गर्न खर्च गरिने भएको छ ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका नाममा २५ लाख रुपैयाँ निकासा भएको छ । यो रकम कोरोना बिरामी व्यक्ति तथा स्वास्थ्यकर्मी उपचार खर्च वापतमा प्रयोग हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कोषबाट सातै वटै प्रदेश सरकार मूख्य मन्त्री तथा मन्त्रिपरिष्द कार्यालयका नाममा कूल ३८ करोड रुपैयाँ निकासा भएको छ । यसमध्ये प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका नाममा ४/४ करोड छुट्याइएको छ ।

कणर्ाली र सुदुरपश्चिम प्रदेशका नाममा ६/६ करोड रुपैयाँ छुट्याइएको छ । प्रदेश नं २ र प्रदेश नं ५ मा ७/७ करोड गएको छ । यो रकम सम्बन्धित स्थानीय तहमा आवश्यकता विश्लेषणका आधारमा रकम उपलब्ध गराउने गरी खर्च हुने भएको छ ।

कोषबाट ४८ वटा स्थानीय तहमा जाने गरी ७ करोड २२ लाख ६८ हजार ३ सय रुपैयाँ निकासा भएको छ । यो रकम क्वारेन्टिन व्यवस्थापन गर्न खर्च हुने भएको छ ।

२०७७ असार १४, आईतवार २०:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय