काठमाडौँ : कोरोना भाइरस संक्रमणबाट थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रौतहटका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । ती संक्रमितको ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा शनिबार साँझ निधन भएको हो । उनमा फोक्सोको समस्या थियो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

२०७७ असार १५, सोमबार १६:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय