काठमाडौं : सरकारले थप तीन हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थप्ने निर्णय गरेको हो ।

लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने ७ साउनसम्म थपिएको उद्दोग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए । हवाई सेवा पनि ७ साउनसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

लकडाउनमा विगतमा जस्तै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात चल्ने छैनन् ।

२०७७ असार १५, सोमबार २०:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय