काठमाडौँ : यसै वर्षको सेप्टेम्बर ७ देखि बङ्गलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति सरेको छ । प्रतियोगिता आगामी बर्ष सम्मका लागि सरेको छ । दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा ढाकाको बङ्गबन्धु रंगशालामा तय गरिएको १३ औं साफ च्याम्पियनसिप कोरोना भाईरस र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि ल्याएको प्रस्तावित मितिका कारण २०२१ मा सारिएको छ ।

साफको सचिवालयको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप फुटबल अर्को बर्षका लागि सारेको हो । यसका साथै यू १५ साफ, यू १५ महिला साफ र यू १८ महिला साफ च्याम्पियनसिप पनि तत्कालका लागि सरेको छ । ‌यी प्रतियोगिताको मितिका बारेमा आगामी सेप्टेम्बरमा बैठक बसेर निर्णय समाचार आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।

२०७७ असार १६, मंगलवार ०९:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय