काठमाडौं : जनता समाजवादी पार्टीका शीर्ष नेता महेन्द्रराय यादवले सरकारको नेतृत्व पूर्णरुपले असफल भइसकेकाले सत्तारुढ दल नेकपाले यो विषयमा तत्कालै निर्णय गर्न आवस्यक भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कम्जोरीका कारण नेपालको छाविमाथि नै प्रश्न उठिसकेको दावी गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै यादवले आफु असफल हुदै गएपछि भारतलाई सत्रु देख्न थालेको र भारतसँगको पुरानो सम्बन्ध शुन्यमा पुर्याएको भन्दै यस्ता असफल प्रधानमन्त्रीलाई सत्तामा राखिरहनुको औचित्य सकिएको दावी गरे । देश चलाउन नसक्ने प्रधानमन्त्रीको जनतालेनै राजीनामा मागिसकेकाले यो विषयमा नेकपा गम्भिर बन्नुपर्ने अवस्था आएको उनको धारणा छ ।

एकै समुदायको जनतामाथि समेत ओलीबाट भेद्भाव भएको भन्दै नेता यादवले भारतसँग सम्बन्ध बढाएर वार्ता अगाडी बढाउनुपर्ने ठाउँमा उल्टै आफुलाई हटाउन भारतले षडयन्त्र गरिरहेको छ भन्नुले प्रधानमन्त्रीको दिमागले काम गरिरहेको छैन भन्नेकुरा देखाएको टिप्पणी गरे ।

नागरिकता विधेयकले मेधेशको अपमान गरेको भन्दै यादवले भन्नुभयो,‘ नागरिकता विधेयक मेधशी जनता विरुद्ध गएको छ । यो त्रुटि भयो । सात वर्षपछि मात्र अंगिकृत नागरिकता दिने कुरा मान्य छैन । संविधानसभाको चुनावमा मधेशी जनतालाई सहभागि गराउनका लागि सवै दलले सहमति गरेर २०६३ को संविधान बनाएको हो । हामीले विधेयक खारेज गर्नुपर्छ भनेको छैनौ । सच्याउनु पर्छ भनेको हो ।’

२०७७ असार १७, बुधबार १०:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय