काठमाडौं : पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशी कोरोना संक्रमित भएका छन् । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो । त्यसपछि तुरुन्तै म होम क्वारेन्टिनमा बसेँ । ममा कोरोना पोजेटिभ पाइएको छ ।’

विदेशमन्त्री कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोला ।’

उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोनाबाट हालसम्म १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन् ।


Shah Mahmood Qureshi@SMQureshiPTI
: This afternoon I felt a slight fever and immediately quarantined myself at home. I have now tested positive for Covid 19. By the grace of Allah, I feel strong and energetic. I will continue to carry on my duties from home. Please keep me in your prayers.

२०७७ असार २०, शनिबार ०८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय