काठमाडौँ : ललितपुरको खोकनामा खेत रोप्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । फाँटमा रोपाइँ गर्न गएका स्थानीयवासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको हो ।

खोकनाबासीले फास्ट ट्रयाक बनाउने क्रममा सरकारले विकासका नाममा रहेको जग्गाजमिन कब्जा गरेको भन्दै विरोध गर्दै आएका छन् ।

झडपमा स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि भएको झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ ।

सरकारले पछिल्लो समय अधिग्रहण गरेको थियो र त्यो जमिनमा खनजोत पनि नगर्नु भनेको थियो । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् । त्यसको विरोध गर्दै आएका स्थानीय आज भने खोकनाको फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।

२०७७ असार २०, शनिबार १४:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय