काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउनको लागि सहमति खोज्नेबारे दुई अध्यक्षबीच सहमति भएको छ । स्थायी कमिटकिो बैठक भोलि विहान ११ बजे बस्दैछ । बैठक बस्नुअघि अध्यक्षद्धयबीच पूनः एकपटक वार्ता गर्ने तयारी छ ।

दुई जना अध्यक्ष बैठकबाट बाहिरिएपनि दोस्रो तहका नेताहरु भने सहमतिको खाका तयार पार्न अझै छलफलमा छन् । आजको छलफलमा ओलीको तर्फबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल र शंकर पोखरेल सहभागी थिए भने दाहालको तर्फबाट जनार्दन शर्मा र वर्षमान पुन थिए । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि दाहाल बालुवाटार पुगेका थिए । पछिल्लो समय नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चुलिएको हो । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

२०७७ असार २१, आईतवार १४:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय