काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए।

त्यसैगरी देशभर साेमबार २ सय ६४ जना काेराेना जितेर डिस्चार्ज भएका छन्। देशभर काेराेना संक्रमितकाे संख्या १५ हजार ९ सय नाघेकाे छ। त्यसैगरी आजसम्म देशभर काेराेना जितेर डिस्चार्ज हुनेकाे संख्या ६ हजार ८ सय ११ जना पुगेका छन्।

२०७७ असार २२, सोमबार १६:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय