काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३ हजार ५८३ को मृत्यु भएको छ । मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६१८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १७ लाख ३७ हजार ९५५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६६ लाख ३७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ९८९ जनाको मृत्यु भएको छ ।

२४ लाख ९२ हजार ८०४ जना संक्रमित भएकोमा १४ लाख ३७ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ लाख ५५ हजार ६७ पुगेको छ । त्यसमध्ये १५ लाख ९३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार ११७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५१७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४६९ जनाको ज्यान गएको छ भने ४ लाख ९३ हजार ७१० संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३८ हजार ४६४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार २३३ जना संक्रमित भएकोमा ९ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

२०७७ असार २३, मंगलवार ०७:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय