काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा लेभान्टे र रियल सोसिडाडको खेल एक-एक गोलको बराबरीमा सकिएको छ ।

लेभान्टेको घरेलु मैदानमा आइतबार राति भएको खेलमा १२औँ मिनेटमा इसाकको गोलमा रियलले अग्रता लिए पनि त्यो ४ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको १६औँ मिनेटमा लेभान्टेका मोरालिसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा टुंगियो । बराबरीसँगै दुबै टोलीले एक-एक अंक बाडेका छन् ।

बराबरीपछि पनि रियल ५१ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने लेभान्टे ४३ अंकसहित १२औँ स्थानमा छ ।


२०७७ असार २३, मंगलवार ०७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय