काठमाडौं : आजका लागि सारिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्वाथी समिति बैठक २६ गतेसम्मका लागि स्थगित गरिएको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वर रिजालले २६ गते शुक्रबार ११ बजेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको जानकारी दिएका छन् । 

मंगलबार बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डको भेटमा आजको स्थायी समिति बैठकलाई निरन्तरता दिने सहमति भएको थियो।  स्थायी समिति बैठकअघि नेताहरुबीच अझै छलफल आवश्यक भएकाले बैठक सारिएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन्।

तेस्रो पटक बैठक सारिएको हो । 

२०७७ असार २४, बुधबार १२:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय