काठमाडौं : आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सह–सचिव भन्दै ठगी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । यसअधि आफूलाई ज्योतिषी भनेर चिनाउँने अर्जुन क्षेत्रीलाई उनका तीन जना साथीसहित शुक्रबार विहान पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको टोलीले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपैयाँ माग गरेका थिए । लेनदेन सम्बन्धि बार्गेनिङ चलिरहेको समयमा उनीहरु पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले क्षेत्रीसहितका केही व्यक्ति पक्राउ परेको पुष्टि गरेका छन् । क्षेत्रीलाई यसअधि प्रहरीले ठूलो भूकम्प आउने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ गरेको थियो ।

२०७७ असार २६, शुक्रबार १२:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय