
काठमाडौ : नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।