काठमाडौं : जनता समाजवादी पार्टीले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अझै निर्णय नभएको बताएको छ । आज प्रेस विज्ञप्तिमार्फत् जसपाले यसबारे छलफल चलिरहेको बताएको हो ।

जसपा एमसीसीको विपक्षमा उभिएको भन्दै खबरहरु बाहिर आएपछि अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा एमसीसीका सम्बन्धमा आफ्नो नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, हाल यस सम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन ।

एमसीसी संसदबाट पारित गराउने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र मतभेद छ । काँग्रेस पक्षमा देखिएको छ । जसपाले निर्णय लिएको छैन ।

२०७७ असार २९, सोमबार १५:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय