काठमाडौं : सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता अध्यक्ष दाहाल र नेता नेपालले ओलीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर, ओलीले सुरुदेखि नै आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् ।

सहमति खोज्ने भन्दै नेकपाको स्थायी कमिटीको बैठक पटक पटक स्थगित् हुँदै आएको छ । स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्ने भनिएको छ । बैठकको पूर्वसन्ध्यामा सहमतिको लागि भन्दै दाहाल र नेपाल आज बालुवाटार गएका हुन् । तर, ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति हुन नसकेको दाहालनिकट एक नेताले जानकारी दिए ।

२०७७ श्रावण १, बिहीबार १५:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय