काठमाडौँ : सरकारले कोरोना सङ्क्रमणको दर कम भएकाेले परीक्षण घटाइएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विदेशबाट आउनेहरु घटेको, क्वरेण्टीनमा सङ्ख्या रित्तिँदै जान थालेको, सङ्क्रमितहरु निको भइरहेका जस्ता कारणले परीक्षण घटाइएको बताउनुभयो ।

दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता रहेकोले आवश्यक परेमा दैनिक १० हजार जनाको परीक्षण गरिने प्रवक्ता गौतमले बताउनुभयो ।

साथै काठमाण्डाैमा तीन हजार जनाको परीक्षण गर्दा जम्मा तीन जनामा मात्रै काेराेना भाइरसकाे सङ्क्रमण देखिएकोले सङ्क्रमणको दर घट्दै गएको देखिएको पनि उहाँको दाबी छ । 

२०७७ श्रावण १, बिहीबार १७:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय