
काठमाडौं : नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
४ हजार २ सय १६ जनाको पसीआर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।