महोत्तरी : महोत्तरीको गौशाला-सम्सी सडक खण्डमा वृक्षारोपण गरिएको छ । महोत्तरी युवा सञ्जालका युवाहरुको विशेष सक्रियतामा गौशाला नगरपालिकाको सुर्तिबिकास चोक देखि निगौल सम्म वृक्षारोपण गरिएको हो ।

डिभिजन बन कार्यालय महोत्तरी जलेश्वरको सहयोगमा उपलब्ध गराईएको ११ सय विरुवा गौशाला नगरपालिकाको सुर्तिबिकास चोक देखि निगौल चोक सम्म लगाईएको छ । महोत्तरी युवा सञ्जाल गौशाला कार्य समितिका युवाहरुको श्रमदानबाट ११ सय बिभिन्न प्रजातीका बोटबिरुवा लगाईएको सञ्जालका सह-संयोजक विजय कुमार सिंहले जानकारी दिए ।

महोत्तरी युवा सञ्जालको पहलमा अशोक, अमला, करोना, निम, गोल्डमोहर सहित अन्य प्रजातिका बिरुवाहरु लगाईएको सह-सचिव सुजाता सोनमले जानकारी दिईन् । उनले भनिन, ‘हामीले मेयर साहवसंग समन्वयनको प्रयास गरेका छौं, वहाँ हाम्रो कामप्रति सकारात्मक हुनुहुन्छ, आगामी दिनमा लगाईएको बोटबिरुवाको संरक्षणमा थप कसरी गर्ने भनेर हामी समन्वयन गर्दैछौं ।’

यता गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले युवा सञ्जालको वृक्षारोपणलाई सराहना गर्दै संरक्षण सम्बद्र्धनमा नगरपालिकाको सहयोग र समन्वय रहने बताए । वृक्षारोपणमा धिरज साह, राजिव साह, संगीता महतो, बविता महतो, दिपक साह, राजु साह सहितका अन्य युवाहरु प्रत्यक्ष रुपेण सहभागि रहेका थिए ।

२०७७ श्रावण ५, सोमबार १९:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय