विराटनगर । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । महोत्तरी गाउँपालिका-३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले उनको गएराती ७ बजे मृत्यु भएको जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

प्रवक्ता डा. सापकोटाले भने-‘अस्पताल आउँदा उहाँ गम्भिर अवस्थामा हुनुहुन्थ्यो, आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’

मृतकको पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताए । उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

२०७७ श्रावण ७, बुधबार १६:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय