
- सुरेन्द्र सिंह, साउन १० गते
जनकपुरधाम : जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत सपही -निकाल नजिकस्थित छ लेन सडकको डिभाइडरमा आज वृक्षारोपण गरिएको छ ।
शिखर ग्रुप अन्तगर्त रहेका नटराज अग्रो प्रालिको आयोजना, कम्पनीका म्यानेजर सन्तोष सार्थक र ” क्लिन जनकपुरधाम ग्रीन जनकपुरधाम”का अभियानी बासु पराजुलीको सहयोगमा वृक्षारोपण गरिएको छ ।
उक्त कार्यक्रममा प्रदेश-२ का प्रदेश सभा सदस्य राम आशिष यादवको प्रमुख आतिथ्य तथा बिरुवा संरक्षण गर्ने अभियानमा जुटेका अभियानकर्मी सुरेश शर्माको उपस्थिति रहेको थियो ।
त्यस्तै, स्थानीय सुनिल यादव, कृष्णचन्द्र साह, बैजनाथ सिंह, बजरंग यादव, अजय मेहता,किशन साह र कम्पनीका कर्मचारीहरु समेतको उपस्थितिमा वृक्षारोपण सम्पन्न भएको छ ।
ट्रीगार्ड समेत राखेर पर्यावरण संरक्षणको लागि यस प्रकार वृक्षारोपण कार्यक्रम गरिनु ब्यापारीक संघ संस्था वा प्रतिष्ठानकोलागि उदाहरणिय कार्य रहेको अभियानी सुरेश शर्माले बताए ।
