काठमाडौं : नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो चार दिन वर्षाको उच्च जोखिम बढेको छ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएकाले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक आएसँगै वर्षाको उच्च जोखिम बढेको हो ।

आज देशका पूर्र्वी तथा मध्य भूभागमा हल्कादेखि भारी वर्षा हुने जनाइएको छ । भारी वर्षा हुने स्थानमा बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन विभागले अपिल गरेको छ । अन्यत्र पनि बाढी र डुबानको खतरा रहने विभागले जनाएको छ ।

मंगलबार देशभरका अधिकांश ठाउँमा बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानहरुमा तथा कर्णाली र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, आजराती देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदुर पश्चिमका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशको एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यसपालाको मनसुन नेपालको पश्चिमी भागमा केन्द्रित हुँदैछ । विभागले जारी गरेको विशेष बुलेटिनअनुसार प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र बाग्मती प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ ।

साउन १३ गतेदेखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदूरपश्चिम र मध्यपहाडी भेग भई बग्ने नदीमा जल सतह उच्च हुनेछ । केहीमा सतर्कता तह आसपास पुग्ने जनाइएको छ । त्यस्तै प्रदेश १ र बाग्मती प्रदेशको पहाडी भूभाग भएर बग्ने नदीमा बहाव बढ्नेछ ।

२०७७ श्रावण १३, मंगलवार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय