badhi-flood-pahiro-barsa

काठमाडौँ : मंगलबार रातिदेखि देशका विभिन्न ठाउँमा अति भारी वर्षा भएको छ ।न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार मंगलबार राति कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भएको छ ।

त्यस क्षेत्रमा थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा आकस्मिक बाढीको खतरा रहेकाले सतर्क रहन एसएमएस पठाइएको छ । यस्तै दैलेख, सुर्खेत तथा आसपासका क्षेत्रमा राति ६ घण्टासम्म भारी वर्षा भएको छ । लोहोरे खोला तल्लोढुङ्गेश्वर, दैलेख बाढी मापन केन्द्र दैलेखमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्यसआसपासका तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आह्वान गरेको छ ।

अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।विहान ५ बजेको रेकर्ड अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मेघ गर्जन र चट्टयाङसहित मध्यम देखि भारी वर्षा भएको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

श्रावण १४आगामी ३ दिन कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार लगायत प्रदेश १, २, गण्डकी,…

नेपाल बाढी सूचना-Nepal Flood Alert यांनी वर पोस्ट केले मंगळवार, २८ जुलै, २०२०

२०७७ श्रावण १४, बुधबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय