काठमाण्डौ : बलिउड अभिनेता सुशांत सिंह राजपूतको आत्महत्याको मुद्धामा उनकी पूर्व प्रेमिका अंकिता लोखन्डे अब खुलेर अगाडि आइरहेकी छन् । बिहीवार एक टिभी च्यानलमा अन्तर्वार्ता दिँदै उनले सुशान्त आफ्नो प्यासन फलो गर्ने र पैसा उसका लागि महत्त्व नराख्ने बताएकी छन् । सुशान्तले सबै कुरा ध्वस्त भए पनि फेरि उठ्न प्रयास गर्ने भनेर आफूसँग बताउने गरेको अंकिताको भनाई छ ।

‘पैसा उसका लागि सानो चीज थियो । तर, उसको प्यासन ठूलो थियो । उसको क्रिएटिभिटी र फिल्म उसको लागि जिन्दगीको एक जोश थियो’, अंकिता भनेकी छन्, ‘उसले हरेक काम इमान्दारपूर्वक गर्थ्यो । मैले उसलाई नजिकबाट देखेको छु । ब्याकग्राउन्ड डान्सरको रुपमा करिअर सुरु गरेर उसको जीवन ‘दिल बेचारा’ सम्म पुगेर सकियो ।’ सुशान्त ६ वर्ष अंकितासँग अफेयरमा थिए ।

अंकिताले अगाडि भनेकी छन्, ‘सुशान्त सधैं भन्ने गर्थ्यो कि सक्सेस र फेलियर्सको बीच एक लाइन हुन्छ, जुन महेन्द्र सिंह धनी फलो गर्छन् । म पनि त्यस्तै हुन चाहन्छु भन्थ्यो । उसलाई न कहिले सक्सेसको असर पर्‍यो न डाउनफलको । सुशान्त खुसी पलभर हुन्छ भन्थ्यो । यसकारण ऊ सानो-सानो चीजमा खुसी खोज्थ्यो । उसलाई बच्चासँग रमाउन मनपर्थ्यो, तारा हेर्न मन पराउँथ्यो ।

अंकिताले सुशान्त जस्तो सपना देख्ने केटा आफूले जीवनमा कहिल्यै नदेखेको पनि बताएकी छन् । सुशान्तले एक डायरीमा आफ्नो ५ वर्षको प्लान लेखेको र त्यो सबै ५ वर्षमा पूरा भएको उनी बताउँछिन् । ‘उसका लागि डिप्रेसन शब्दको प्रयोग हुनु गलत हो । म जति सुशान्तलाई जान्दछु, ऊ डिप्रेसनमा जानै सक्दैन । हो, केही चीजलाई लिएर ऊ अपसेट चाहिँ थियो’, उनले भनेकी छन् ।


२०७७ श्रावण १७, शनिबार ११:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु