जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जिल्ला हुलाक कार्यालय धनुषाबाट प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरण कार्य बुधवारदेखि शुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाण पत्र नवीकरणको अधिकार प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित हुलाक कार्यालयलाई दिएपछि हुलाक कार्यालयबाट नवीकरण गर्ने कार्य शुरु भएको हो ।

पहिलो प्रेस प्रतिनिधि प्रमाण पत्र जानकी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको छ । वरिष्ठ पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको उपस्थितिमा हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रेस प्रतिनिधि प्रमाण पत्र प्रदान गरेका थिए ।

यसअघि पत्रकारहरुलाई नवीकरणका लागि काठमाडौँ पुग्ने पर्ने बाध्यता थियो । जनकपुरधाम स्थित हुलाक कार्यालयलाई यो अधिकार दिएपछि प्रदेश २का पत्रकारहरु अब जनकपुरधामबाटै प्रेस प्रतिनिपधि प्रमाण पत्र नविकरण गराउन सक्ने छ । तर नयाँ प्रमाण पत्रका लागि काठमाडौँ पुग्ने पर्नेछ ।

यता प्रेस प्रतिनिधि प्रमाणपत्र छपाईका लागि नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्रले हुलाक कार्यालयलाई एकथान प्रिन्टर उपलब्ध गराएका छन । महासंघ धनुषाका अध्यक्ष मिश्रले हुलाक कार्यालयका प्रमुख अधिकारीलाई सो प्रिन्टर प्रदान गरेका थिए । विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार हुलाक कार्यालयलाई दिएपनि प्रिन्टरको आभावमा महिनौंदेखि सो कार्य रोकिएको थियो ।

प्रेस प्रतिनिधि प्रमाण वितरण नवीरकण तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कणर्, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत सहित जनकपुरधाम स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०७७ आश्विन ६, मंगलवार १९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय