
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिलेसम्म पनि अनुसन्धान भईरहेको छ । अहिले उनको आत्महत्या प्रकरणको अनुसन्धान सीबीआईले गरिरहेको छ ।
एनसीबी, सीबीआई र ईडी जस्ता तीन भारतीय प्रतिष्ठित संस्थाले केहि समय यता उनको आत्महत्या प्रकरणको बारेमा अनुसन्धान गरिरहे पनि केहि पत्ता लाग्न सकेको छैन । तर एनसीबीले बलिउडमा ड्रग्स कनेक्शनमा भने ठूलै सफलता हात पारेको छ ।
यसैबीच उनको आत्महत्या प्रकरणबारे अनुसन्धान गरिरहेको सीबीआईले सबै एंगल्सबाट अनुसन्धान भईरहेको बताएको छ ।
सुशान्तका वकिलले भने सीबीआईले पनि प्राथमिकताका साथ यो घटना नहेरेको आरोप लगाएका छन् ।