( जनकपुर जयनगर रेल सेवा बन्द भएको लामो समयपछि बहुप्रतिक्षित रेल सेवा पुन सुचारु : गोबिन्द महतो )
  • गोबिन्द महतो

जनकपुरधाम : भनिन्छ, यातायात भनेको विकासको मेरुदण्ड हो । र, पूर्वाधारको पनि पूर्वाधार हो । कुनै पनि देशको समृद्धिको मापन गर्ने महत्वपूणर् मापदण्ड यातायात क्षेत्र नै हो । कुनै समयमा जनकपुरधाम आर्थिक राजधानीको रुपमा चिनिन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुर सम्म चल्ने रेलसेवा र स्थानीय व्यापार-व्यवसायको प्रमुख करिडोर थियो । भारतीय बजारबाट खाद्यान्न सहित लताकपडा लगायत समाग्री किनमेल गरी यहाँका व्यवसायीले खुद्रा तथा थोक व्यापार राम्रैसंग फस्टाएको थियो । तर रेल बन्द भएसंगै यहाँको व्यापार व्यवसायमा मन्दी छायो ।

जनकपुर जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो । जनकपुरलाई आर्थिक राजधानीको लागि जयनगर-जनकपुर रेलसेवा र जनकपुर चुरोट कारखानाले महत्वपूणर् योगदान पुर्‍याएको थियो । तर रेलसेवा र कारखाना बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसाय ठप्प भयो ।

पटक-पटक भएको मधेश आन्दोलन र सडक अभियानले लथालिङ्ग भएको जनकपुर क्षेत्रको व्यापार नै चौपट भएको युवा व्यापारी अमित पाठक बताउँछन् । त्यसलगत्तै विश्वव्यापी कोरोना महामारीबाट ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ । ‘हाम्रो त व्यापार-व्यवसाय नै चौपट भयो । जनकपुरबाट व्यापारीले त व्यापार छोडेर भारततीर पलायन भए, तैपनि हामी यहाँ जेनतेन धानीरहेका छौं, हाम्रो पनि व्यापारबाट विस्थापित हुने अवस्था आईसक्यो, अब रेलले पहिले जस्तै मालसमान ल्याउन र भारतबाट जनकपुर घुम्ने आउनेको संख्या बृद्धि भए व्यापार फस्टाउने आशा छ’ उनले भने ।

व्यवसाय खस्किँदै गएपछि ऋण र कर्जाको दबाब थेग्न नसकेर उद्योगी तथा व्यवसायीहरु पलायन भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा) बताउँछन् । उनले पटक-पटकको मधेश आन्दोलन, जनकपुर सडक विस्तार अभियान, कोरोना महामारी जस्ता समस्याले व्यापार ठप्प भएको बताए । ‘रेल्वे व्यापार-व्यवसायको ठुलो आशा क्षेत्र हो, तर जनकपुर-जयनगर रेल्वे आजभोली भन्दा भन्दै वर्षौ वित्यो, अब परिक्षण भयो, तर कहिले चल्छ ठेगान छैन, रेल नियमित चले आर्थिक बिकासमा टेवा पुग्छ ।’ उनले भने ।

( जनकपुर जयनगर रेल सेवा बन्द भएको लामो समयपछि बहुप्रतिक्षित रेल सेवा पुन सुचारु : गोबिन्द महतो )

रेलसेवाले जनकपुर क्षेत्रमा किनमेल गर्न आउनेको बृद्धिसंगै सस्तो सेवाले यहाँको व्यापार व्यवसायमा आर्थिक समृद्धिको सपना पलाउने उनको भनाई छ । ‘रेलमार्ग सञ्चालनमा अएपछि ढुवानीका लागी यातायातको सुगम सुविधाका साथै भारतको विभिन्न ठाउँबाट मालसमान ल्याउनमा सहज हुन्छ’ अध्यक्ष हिराले भने, ‘रेल्वे सेवा सञ्चालन पछि मालसामान सहज रुपमा सस्तो खरिदपछि विक्रि पनि सोही अनुसार हुन्छ, जस्ले व्यापार-व्यवसाय फस्टाउछ, वर्षौदेखि ठप्प भएको व्यापारको मार्ग प्रशस्तमा रेल कोसोढुङ्गा हुन्छ ।’
जयनगर-जनकपुर रेलसेवा सञ्चालन पछि पछिल्लो पटक-पटक भएको मधेश आन्दोलनको बन्दी र सडक निर्माणर कोरोना महामारीबाट बेहोरोको घाटा परिपुर्ती हुने चेम्बर्स आँफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रको भनाई छ । अहिले व्यापार पुरापुरी चौपट छ । रेल्वे सञ्चालनले समान्य रुपमा भइरहेको व्यापार भन्दा दुइगुणाले फस्टाउने दावी गरे । व्यापारीलाई भइरहेको समस्या र सिमा क्षेत्रका जनतालाई राजधानी आउने समस्याका कारण यहाँको व्यापारमा मन्दि छाएको मिश्रको ठम्याई छ । ‘दुई वर्षदेखि अघि नै रेल चल्ने कुरा थियो, अहिले रेल आयो तर चल्ने कहिले हो कहिले ?’ उनले भने ।

रेलसेवा सञ्चालनले उद्योग बिकास तथा व्यापार बिकास निश्चित हुने प्रध्यापक तथा अर्थशास्त्री डा. बरुणलाल कणर् बताउँछन् । ‘रेलसेवा सञ्चालन पछि यहाँको विकास आधार खुल्छ, एक त पर्यटन उद्योगको विकास हुन्छ र व्यापार फस्टाउँछ, अर्को व्यवसायी फस्टाएपछि रोजगारीका अवसरहरु सिर्जना हुन्छ’ उनले भने । जनकपुरमा धार्मिक तथा ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु भएकोले भारतबाट ठूलो संख्यामा पर्यटकहरुको आगमन हुने र पर्यटन उद्योगले राजश्व संंकलनमा समेत ठूलो योगदान पुर्‍याउने बताए ।
कुल ७० किलोमिटर रेलमार्ग निर्माणका लागी भारत सरकारले ७ सय करोड रुपैंया सहयोग गरेको छ । जसमध्ये जयनगर दखि जनकपुर-कुर्थासम्म ३५ किलोमिटरको काम सम्पन्न भईसकेको छ भने, कुर्था देखि महोत्तरीको विजलपुरा-बर्दिबास सम्म १७ किमी रेलमार्गको काम धमाधम भैरहेको छ । असोज २ गते ४ ईन्जिन र २ बोगी सहित जनकपुर-जयनगर रेलसेवाको सफल परिक्षण समेत गरिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटन प्रबद्र्धनका लागि ठूला अर्थतन्त्र चीन र भारतसँग रेल सेवा जोड्नाले बिकासको मुल फुटने अर्थशास्त्री प्राध्यापक सुरेन्द्र लाभले बताए । ‘उत्तर दक्षिण तथा पूर्वपश्चिम रेल सेवालाई काठमाडौंसँग जोडिए यात्रु रण् मालसामानको महत्वपूणर् गन्तव्य र उद्गम स्थल राजधानी नै हो । त्यसमाथि पनि काठमाडौंलाई केरुङ-काठमाडौं र रक्सौल रेलमार्ग तथा पूर्वपश्चिम रेलमार्गसँग आबद्ध गर्न सकिए यसले नेपालको यातायात क्षेत्रमा मात्र होइन, समग्र विकासमा निकै ठूलो योगदान दिने निश्चित छ’ उनले भने ।

( जनकपुर जयनगर रेल सेवा बन्द भएको लामो समयपछि बहुप्रतिक्षित रेल सेवा पुन सुचारु : गोबिन्द महतो )


२०७७ आश्विन १६, शुक्रबार १०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय