
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनासहित २ हजार १२० योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।