
- ज्योती कुमारी झा
भन्दछन सबैले, आयो महिला र पुरुषबीच समानता
हेर्न पाइन न्याय जब महिलाको हकमा आउदा
स्वामित्व र सरकार पुरुषको हैकममा
खोजिएछ सुरक्षा र न्याय महिलाको हकमा
आन्दोलन र बिरोध चर्काचर्की गरेर
न्यायका पाना पाना लथालिङ्ग फालियेर
खोज्दछन न्याय महिलाको हकमा
पाईन्छ हार , सेलाएर जान्छ
अब गर्छु र गर्नेछु भन्दैमा अर्को घटना घट्नेगर्छ
बोक्सीको आरोपमा महिलालाई अझै छ समाजमा दुर्दशा
पुरुष बलात्कारीलाई गरीयेछ बेवास्ता
गुहार पुकार गर्दछन बारम्बार
जोखिममा महिला र बालिका घर देखि बाहर
बर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज
दिनहुँ बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज
समाजकर्मी र पत्रकार गर्नसम्म गर्दैछन पर्दाफास
बेवास्ता पूर्ण अन्धो आँखा र बहिरो कानको अब के काज
बोक्सीको आरोपमा महिलालाई जसरि गर्दैछन दण्डित अझै समाज
कानुन र दण्डको पर्खाइमा कैयौंको गए ज्यान र लाज
महिला दण्डीत गर्न सक्ने अग्रसर समाज
बलात्कारी पुरुषको किन छोप्दैछ लाज
गर्भ देखि पीडित महिला , जीवनभर जोखिममा
बलात्कार गरी हत्या सम्म गर्ने पापी, घुम्दैछन टोल समाजमा
महिला भएर, बोक्सी महिलालाई दिशा र मुत्र खुवाउने आँट छ
दुश्कर्मी पापीलाई आफन्त पुरुषले पक्कै बचाएको हुनुपर्छ
गर्दछन नक्कल मित्र देशको , संरचनाको हरेक पक्षमा
खै त कानुन छिमेकी जस्तै आफ्नो देश र समाजमा
लुकेर दुष्कर्म गर्ने पापी , छल्दैछन कानुन , सबलाई ढाँटी
शिक्षामा पहुँच , रोजगारीको अवसर , पुगाएर स्वास्थ्यमा सुधार
अभाव मात्र सुरक्षाको , त्यसकै फाईदा उठाई , दुश्कर्मीले गर्दै छ प्रहार
कानुन र न्याय नाम मात्रको ,जब नैतिकता नै हुन्छ पतन
लालनपालन र सामाजिकीकरण, खै के को कमीले, दिन्छ यी पापीको जन्म
बर्षौं एउटा घटनाको न्याय पाउन व्यस्त समाज
दिनहुँ बढ्दैछ यस्ता कुकर्म र दुष्कर्म काज।।
ज्योती कुमारी झा (समाजशास्त्री )