
काठमाडौं । रामायणमा स्वर्ण नगरी लंकाको बारेमा अद्भूत वर्णन गरिएको पाइन्छ ।
भनिन्छ, त्यहाँको भव्यता देखेर लक्ष्मण मन्त्रमुग्ध भएका थिए । उनले रावणमाथि विजय प्राप्त गरेपछि रामसँग लंकाको राजा बनाइदिन आग्रह गरेका थिए ।
त्यसबेला रामले भनेका थिए-
अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।।
अर्थात्, आफ्नी आमा र मातृभूमी स्वर्गभन्दा पनि ठूलो हुन्छ । उत्तरकाण्डको रामायणमा भनिएको छ कि, आखिर रावणले सुनको लंका कसरी पाए ?
सुमाली, माली र मलयवन नामका तीन दानव दाजुभाई थिए । उनीहरुले घोर तपस्या गरेर उनीहरुले व्रह्माजीसँग उनीहरुलाई कसैले पनि हराउन नसकोस् । त्यसपछि उनीहरुले देवताका वास्तुकार विश्वकर्मालाई शिवको भन्दा राम्रो निवास बनाउन लगाए ।

त्यसपछि सुवेला द्वीपमा विश्वकर्माले लंकामा सुनको शहर निर्माण गरे । लंकाको विशाल द्वारहरुको चारैतिर सुनको ढोका थिए । पछि कालान्तरमा भगवान विष्णुले मालीलाई मारेर मलयवन र सुमालीलाई पाताललोक पठाइदिए ।

त्यसै क्रममा ऋषि विश्रवाका पुत्र कुबेरलाई धनका देवताको रुपमा नियुक्त गरिएको थियो । कुबेर लंकाबाट आफ्नो काम गर्न चाहान्थे । त्यसपछि कुबेरले लंकामाथि आफ्नो कब्जा जमाए । सुमाली राक्षसकी एक छोरी थिइन्, जसको नाम थियो कैकसी ।

सुमालीले उनको विवाह कुबेरका पिता विश्रवासँग गरिदियो । विश्रवा र कैकसीबाट रावणसहित केहि छोरा छोरीको जन्म भयो ।

आफ्नो घोर तपस्याका कारण रावणले व्रह्मासँग अत्याधिक शक्तिशाली हुने वरदान पाए । सुमालीले आफ्ना नाती रावणसँग राक्षसका लागि फेरि एकपटक लंका आफ्नो बनाउन लगायो ।

कुवेर भने आफ्ना सौतेनी भाई रावणसँग आफ्नो लंका बाँड्न चाहान्थे । तर रावण सबै लंका आफ्नो बनाउन चाहान्थे ।

त्यसपछि रावणले कुबेरलाई लंकासहित त्यहाँको धन छोडेर लंकाबाट जान भन्यो । त्यसपछि आमाबुवाको मुख हेरेर कुबेरले लंका छोडिदिए र आफ्नो राज्य हिमालयमा स्थापित गरे । यसरी रावणले लंका आफ्नो बनाए ।

रावण तीनै लोकमा आधिपत्य जमाउन चाहान्थे । त्यसपछि रावणले कुबेरको हिमालयमा पनि आक्रमण गरेर आफ्नो अभिपत्य स्थापित गरे । साथै कुबेरको पुष्पक विमान पनि लिए ।