File Photo

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमान मार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको जानकारी दिनुभयो ।

उहाँले मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी दिँदै साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने बताउनुभयो । डा. अधिकारीले सङ्क्रमितले उपचार गरिरहेको अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने बताउनुभयो ।

उहाँले विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पु¥याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको बताउनुभयो । यस्तै एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ । उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुपर्ने छ।

२०७७ आश्विन २६, सोमबार ०७:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय