• अनिल बस्नेत

महोत्तरी : कथाको कहानी ३० बर्षे पुरानो छ।
एक दलित, उत्पिडीत- जब गरिबी, छुवाछुत र विभेदको चक्रभ्यूमा पर्दछ। उ जीवनदेखि निराश र हतास हुँदै, ईहलिला समाप्त गर्ने सोंचसम्ममा पुग्दछ।

२५ बर्षे त्यो ठिटो, झुपडी भित्रको दृषयले झन‌ै अवाक्कै हुन्थ्यो। कहिं कतै दिन बिराएर चुल्हो बलि नै हालेछ भने पनि परिबारलाई प्रर्याप्त पुग्ने भोजन पाक्दैन्थ्यो। मिलीजुली, बाँडीचुडी पेट त भर्थे तर भरिएको त्यो पेट ७५ प्रतिशत पानीले ढाकिएको हुन्थ्यो।

रामदरेश दासको दैनिकी, पेट भर्न र भराउन कै निम्ति कठिन तवरले बित्दथ्यो। उ जुझ्धथ्यो, उ भिड्दथ्यो,- आफैसंग, भोकसंग, रोगसंग, छुवाछुतसंग र गरिबीसंग…

एक दिन मध्यरातमा रामदरेशले हार खाँदै, आफ्ना अर्धाङ्गीनीलाई भनेछ,”हे उचितको आमा! म बिवश छु। म जीवन चलाउने केही उपाय देख्दिन! मेरो प्राण पखेरू गइदिए आनन्दै हुन्थ्यो,- जस्तो लाग्छ।”

कलादेवी दासले, तर्सदैं साने दुधे बालक उचितको मुहार देखाउँद‌ै भनेछिन,”के बोल्नुभएको, अब त हामीले यो छोराको निम्ति भएपनि बाँच्नु पर्ने हुन्छ। म पनि काम गर्छु।तपाईं पनि जे पाउँछ त्यहि काम गर्नुस्। यो लडाई अब हामी दुई मिलेर लड्ने हो।”

सम्पतिको नाममा भत्कन लागेको झुपडी, दुधे बालक उचित र २५ बर्षे त्यो जवानी बाहेक रामदरेशसंग केही थिएन। तर अर्धाङ्गीनीको त्यो साहसिक र बुलन्द आबाजले उसलाई पून: सोच्न बिबश बनायो…

रामदरेश कामको निम्ति पून: भौतारीन थाले।

एक दिन बल्ल-तल्ल रामदरेशले बसको हेल्पर “खलासी”को काम पायो। त्यो दिन उ ज्यादै खुशि थियो। अर्धाङ्गीनीले भने झैं छोरा उचितको भबिष्यको निम्ति केही गर्नु पर्छ भन्ने सोंचमा डुब्न थाल्यो। जति जति उ, अब, छोराको भबिष्य सुन्दर हुने भो भनेर सोच्दथ्यो, उति उति उ हर्ष विभोर हुन्थ्यो।

कलादेवी पनि छोराकै भविष्यको लागि जनवनमा काम गर्थीन।

समय एवं रूपले वित्दैगयो…

उचित अब नजिकैको सरकारी बिद्यालयमा पढ्न जाने भैसकेको थियो।

देशमा जनयुद्ध सुरू भयो।
रामदरेश भने खलासी कै पोस्टमा थिए। तर जनयुद्धका योद्धाहरूले रामदरेश जस्ता मजदुरहरूलाई, मजदुर हक र अधिकारको बिषयमा प्रशिक्षण दिन सुरू गरिसकेका थिए। प्रशिक्षण सुनेर रामदरेश दङ्गै पर्थे। र कहिले काहीँ घरमा आएर आफ्ना अर्धाङ्गीनी कलादेवीलाई पनि प्रशिक्षीत गर्थे। दुबै हाँस्थे, अनि छोरालाई मजदुर हकको निम्ति बोल्ने र गरिबको निम्ति लड्ने नेता बनाउनु पर्छ भन्थे, तब दुबै एक अर्का माथि गर्व गर्थे अनि छोरा उचितलाई अंगालो हाल्दै सुन्दर भविष्यको कल्पनामा हराउँदथे।

अब त उचित पनि ठूलो भैसकेको थियो। SLC पनि पास गरिसकेको थियो। त्यसैले आमा-बाको सल्लाह अनुसार उच्च शिक्षा हासिल गर्नको निम्ति उ काठमाण्डौ छिर्छ।

भनिन्छ, दुखिलाई, जहाँ गएपनि दु:खले निरन्तर पछ्याई नै रहन्छ। सुख त उनीहरूका लागि कल्पित स्वप्न विम्भ तुल्य हुन्छ। जो कल्पनामा भेटिन्छ तर यथार्थमा मेटिन्छ।

उचितको पनि पिडाको कहानी यहिंबाट सुरू हुन्छ:
१७ बर्षे केटो, त्यो कलिलो काँधमा आमा-बाको गहिरो, गहकिलो र बोझिलो सपना बोकेर काठमाण्डौं जो छिरेको हुन्छ।

तर अब भोग्नु पर्ने, ज्यादै कठिन र कष्टकर पथको लामो यात्रदेखि भने उ अनभिज्ञ देखिन्थ्यो।

सुरू सुरूमा उसले कोठै पाउँदैन। उल्टो मर्स्या, धोती, उता भाग जस्ता अनार्दार्थी शब्द र हेपाईबाट बिछप्त हुनपुग्दछ। तर पनि आमा-बाको सपना पूरा गर्ने हेतु उ सहेर निरन्तर अघि बढ्दछ।

त्यसैले, चोट र पीडा सहेरै भएपनि, धेरै लामो समयसम्म गौशलाको धर्मशालामा अस्थाई बसोबास,- उसले गर्दछ।

समय बिस्तारै बित्दै थियो…
उचितले पनि कोठा भेट्छ। पढाईमा अर्जुन दृष्टि लगाउँदछ। अनि समय समयमा, अनेरास्ववियुको कार्यक्रममा सहभागी पनि हुन थाल्छ।

प्रसंग जोडौं भेटको,

कुनै भेटको बीचमा, मैले उसलाई बताउन भनेको थिएँ, काठमाण्डूको बारेमा उसको अनुभव,- भावुक हुँदै उसले भनेको थियो,”दाई! धेरै रात म काठमाण्डौंमा भोको बसेको छु। मध्यरातको अन्धकारमा जब काठमाण्डूका बत्तिहरू झिलमिलाई रहेका हुन्थे, धनीहरू मदिरा र परिकारले जीर्णहुने गरि ढ्याउ गर्दै सुत्न तिल्पिलाई रहेका हुन्थे,- त्यसबखत, म भोकले छटपटाई रहेको हुन्थे। कोठाका झ्यालहरूबाट चियाएर बाटोको त्यो मधुर बत्तिको प्रकाशमा मेरो परिबारको भबिष्य नियाली रहेको हुन्थें।
कोठा बाहिर बसेको अनुभव पनि मेरो जिवनमा छ,- दाइ! घरपेटिले भाडा नतिरेको कारण धेरै पटक कोठामा ताला लगाई दिएको छ। खयर, एउटै लुगा र चप्पल लगाएर भएपनि, मैले कलेजको पढाइ भने पूरा गरेको छु, दाइ!!”

मैले पून: कोट्याउँदै उसलाई सोधेको थिएँ,”अहिले के गर्दै छौ त?”

उसले भनेको थियो,”दाइ! म अनेस्ववियुको केन्द्रीय सदस्य भएको छु, केही दिन नसके पनि पार्टिलाई शारिरिक सहयोग र भौतिक उपस्थिती भने दिएको छु।”

“अनि स्थानिय मेयरको चुनाबमा पनि दाबेदार दिएको थियौ रे?”
“हो, दाइ! मेरो आमा-बाले नै उत्पिडीत र पिछडा वर्गको आबाज बन्नु पर्छ भनेर, सानै देखि सिकाउनु भयो। त्यसैले स्थानिय प्रतिनिधि भएर उत्पिडनमा रहेका, विभेदमा रहेकाहरूको आबाज वनौं भनेर, स्थानिय चुनाबमा मेयरको दाबेदारको रूपमा खडा भएको थिएँ तर मेरो गरिबीको कारण आफ्नै पार्टि भित्रको कमरेडहरूबाटै म हेपिएँ, दाबिएँ। किनकी, मेरो जागिर छैन, कुनै आय आम्दानी छैन, सायद त्यसैले होला, त्यसो गरेको। तर दाइ! पार्टिमा समर्पति भएर अझ लाग्ने मन छ।”

“अब के गर्छौ त?”

“मैले दाईलाई भने नि, – महोत्तरी सुकुम्बासी आयोगको सदस्यमा नियुक्ति भई सकुम्बासीहरूको बुलन्द आबाज बन्ने लक्ष्य छ, दाइ! समाजबाद जो देशमा भित्राउनु छ।
यसको लागि दाईहरूले भनिदिनु पर्यो, सिफारिस गरिदिनु पर्यो। म सुकुम्बासीको हकको निम्ति लड्नेछु।”

म नतमस्तक थिएँ। उनका अबोध अनुरोबाट। म छक्क र अवाक्क थिएँ, बर्तमान राजनितीक कार्यशैलीबाट। बिचरालाई के थाहा,- जसले घोषणा गर्ने हो, उ दलालपूँजीबादबाट धेरिएको छ, छेकिएको छ, बेहिरिएको छ। अनि, जसले सिफारिज गर्छ, उनीहरू चाहिँ जडशुत्रबाद, गुडबाद, पूँजीबाद र नाताबादबाट ग्रसित छ।

अहिले म आफै, बर्तमानको कल्पनामा हराएर, बिगतको रामदरेशको सपनासंग भेट्दैछु। रामदरेशका ती सपना, ती कल्पना, गरिबी र पिडा बुझिदिने महोत्तरीमा कुन‌ै धर्तिपुत्र छन् कि भनी त्यहि सपना भित्र नियाल्दै छु,- कठै ५६ बर्षे रामदरेशको त्यो सपना, यो समाजबाद र त्यो ३१ बर्षे समाजबादी युवा ।


२०७७ कार्तिक ४, मंगलवार २२:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु