गोविन्द महतो
जनकपुरधाम, असोज ।

मधेश सरकारका मुख्यमन्त्री सतिष कुमार सिंहको राजिनामा नआउँदै नेपाली काँग्रेस नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश गरिएको छ । नेपाली काँग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादव नेतृत्वको सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको हो ।

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले, कांग्रेस र जनमत पार्टीले ५८ जना सांसदको समर्थन सहित प्रदेश प्रमुखको कार्यालयमा दावी पेस गरेका हुन् । बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दावी पेस गरेका हुन् । १०७ सदस्यी मधेस प्रदेशसभा रहेकोमा हाल २ प्रदेशसभा सदस्य निलम्बित छन् ।

तीन दलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दावी पेश गरेको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा २३, कांग्रेसका कृष्णा प्रसाद यादवको नेतृत्वमा २२ र जनमतका महेश प्रसाद यादवको १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दावी पेश गरिएको हो ।


२०८२ आश्विन २२, बुधबार १८:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय